नेकपा सचिवालयको पटक पटक स्थगित, बैठक फेरी र्सयो

1540
views

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ । आजका लागि तय भएको नेकपाको बैठक सोमबार दिउँसो ३ बजेका लागि सारिएको छ ।

सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि सचिवालय बैठक पटकपटक स्थगित भएको हो ।

पार्टीको स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबीसँगै स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।