बोर्डिङ र सरकारी छाडेर समता स्कुलमा

534
views

महेश सिंह महतो
सिरहा, १२, साउन । अतिविपन्न, गरिब, निमुखा, असाह्य तथा मध्यम वर्गिय विद्यार्थीहरुका लागि समता स्कुलले न्यून शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराएपछि विद्यार्थीहरुको आर्कषण बढेको छ । सिरहामा पछिल्लो समयमा संस्थागत तथा सरकारी विद्यालयका विद्यार्थीहरु समामाजिक विद्यालय समता स्कुलमा आर्कषित भएका छन् ।

समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापनसँगै गुणस्तरीय शिक्षा दिन थालेपछि विद्याथीृहरुको आर्कषण बढेको गौरिशंकर महतोले जानकारी दिए । सिरहाको लहान ३ मा समता स्कुलले अध्ययन गराउँदै आएको छ ।

सिरहा र सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा समताले स्कुलले अध्ययन अध्यापन गराउँदै आएको छ । देशैभर विद्यार्थीहरु समता स्कुलमा आकर्षित बनेका छन् ।

नेपाल लगायत विदेश तिर पनि समता स्कुल चर्चामा आएको छ । स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठ्ठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भई सञ्चालनमा आएको थियो । सिराहामा पनि विद्यार्थीहरुको आर्कषण बढेको सञ्चालकहरुको भनाई छ ।

स्कुलका संस्थापक उत्तम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र विदेशमा समता स्कुल सञ्चालनमा रहेको छ ।

संस्थापक संजेलका अनुसार देश विदेशमा बस्ने नेपालीहरु गैह्र नेपालीहरुले सेवाको भावनाले इच्छा अनुसार सहयोग प्रदान गर्दै आएका छन् ।

नेपालमा ७६ वटा जिल्लाहरुमा समताले पहुँच विस्तार गर्दै आएको छ । स्कुलमा सबै सेवा प्रदायक शिक्षकहरु मात्र रहेका छन् । यहाँ आउने शिक्षकहरु पनि सेवाको भावनाले आउने गरेका छन् ।

सिराहाको समता स्कुलमा हाल ४६५ विद्यार्थी र ३२ जना शिक्षक, शिक्षिकाहरु रहेको स्कुलका प्रिन्सिपल कमल सिंतानको भनाई छ ।

समता स्कुलले प्याव्सन र एन प्याव्सनसँग सहकार्य गरेको छैन् । को मातहतमा न रहेको बताए । समता स्कुल श्रीलंका, बंगलादेश, ईन्डिया र नेपालको बिरगंज लगायतका देशैभर सञ्चालनमा आएको छ ।

समता स्कुलमा भर्ना फि १५०, मासिक शुल्क रु. एकसय रुपैयाँ, कम्प्युटर ल्याब रु. एकसय रुपैयाँ गरी बर्षमा पाँच हजार रुपैयाँ लिने गरेको छ । लहानमा कक्षा आठसम्म सञ्चालनमा रहेको बताए ।