हतियार सहित दुई युवा प्रक्राउ

665
views

महेश सिंह महतो
सिरहा, १२, श्रावण । सिरहाको कल्याणपुरबाट दुई युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षिय छोरा मनिष मण्डल र कल्याणपुर–३ का कारी मंसुरीका २४ वर्षिय छोरा मोहम्मद जाकीर मिया रहेका रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरेको हो । प्रहरीले बी. आर. ३२ क्यु. १३८० नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए ।

पक्राउ परेका दुबैमाथि हातहतियार तथा खरखजना अन्र्तगत मुद्दा चालाइने डिएसपी बोहराले बताए ।