लियोंद्वारा आर्सनल पराजित, नापोलीले लिभरपुललाई हरायो

623
views

काठमाडौं । प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए ।

तर दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए । यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् ।

मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा चेल्सीले रिडिङलाई ४–३ ले हराएको छ । च्याम्पियनसिप क्लब रिडिङ विरुद्धको खेलमा प्रिमियर क्लब चेल्सीलाई विजयी गराउन मेसन माउण्टले दुई गोल गरे । गएराति भएको अर्को खेमला ईटालीको नापोलीले इङ्ल्यान्डको लिभरपुललाई ३–० ले हरायो ।

नापोलीको प्रभावशाली जितमा इन्सीग्ने, मिलिक र योनुसको एक–एक गोल सामेल थियो । गएराति नै भएको अन्तराष्ट्रिय च्याम्पियन्स कप फुटबलमा पोर्चुगलको बेनिफिकाले इटालीको एसी मिलानलाई १–० ले हराएको छ ।