आलु बिमा गर्दा पाईन्छ आलु बिमा दाबी भुक्तानी

745
views

निर्मल पौडेल
पर्वत, २४, साउन । अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमिटेड शाखा कार्यालय कुस्माले कुस्मा नगरपालिका–११ पकुवामा किसानले लगाएको आलुमा क्षति भएपछि विमा दावीको रकम भुक्तानी गरेको छ ।

असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी फर्मले क्षतिपुर्ति स्वरुप दावी भुक्तानी गरेको थियो । पकुवा स्थित १५ रोपनी क्षेत्रफलमा लगाएको आलु गत जेष्ठ ९ गते परेको असिना पानीले पुर्ण रुपमा क्षति पु¥याएको थियो ।

सवै आलु सखाप भएपछि कृषी फर्मले २ लाख ४४ हजार ८ सय रुपैँया केही समय अगाडी दावी गरेको थियो । फर्मको दावी अनुसार अजोडले शुक्रवार कुस्माको लोकतान्त्रिक चोकमा आफ्नै कार्यलयमा वोलाएर फर्मका सञ्चालक सदस्य जगन्नाथ पौडेललाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेको हो ।

चेक अजोड कुस्मा शाखा प्रमुख हरी सुवेदीले विमित पौडेललाई हस्तान्त्रण गरेको अजोडका विक्रम ढुङ्गानले जानकारी दिए ।

चेक वुझ्दै पौडेलले आलुलाई असिनाले क्षती पु¥याएपनी वेलैमा विमा गरेकोले केही मात्रमा भएपनी राहत पाएको वताए । पर्वतका कतिपय ठाउँका किसानलाई व्यवसायिक कृषीको वारेमा थाहा छैन कृषी विमाको कुरा त परै छ, तर पकुवाका व्यावसायिक कृषकले कृषी फर्म मार्फत नै व्यवसाय गर्दै आईरहेका छन् ।

कतिपय विमा कम्पनीहरुले विमितहरु लाई ठगीराखेको अवस्थामा अजोडले आफ्नै कार्यलयमा वोलाएर जोखिम वहन गर्नेहरुलाई पुरा रकम हस्तान्त्रण गदैै आएको शाखा प्रमुख सुवेदीको भनाई रहेको छ ।