२८ विद्यालयका १८५ विद्यार्थीमा बुद्धिचाल प्रतियोगिता

718
views

गोबिन्द तिमिल्सिना
हेमजा, ६, भाद्र । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ ।

प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले गरे ।

पन्तले खेलले विद्यार्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै धैर्यवान र होसियार बन्न सिकाउने बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले शुभकामना दिएको प्रतियोगितामा २८ विद्यालयका १८५ विद्यार्थीको सहभागिता रहेको छ ।

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिनराज तिमिल्सिनाले र सञ्चालन सचिव युवराज भण्डारीले गरे ।