चरित्र नसुध्रिए जनताले लखेट्छन्–प्रचण्ड

780
views

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरुमा राजा–महाराजाको प्रवृत्ति देखिन थालेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा नेकपाको अध्यक्ष प्रचण्डले नेताहरुले आचरण नसुधारे जनताले लखेटने दिन आउने सुनिश्चित भएको दाबि गरे ।

‘नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थाल्यो’, पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै कम्युनिस्टहरुलाई लखेटे जस्तै नेपालमा उक्त अवस्था आउन सक्ने बताए ।’ सोभियत संघ बुर्जुवाहरुले कम्युनिस्टकै प्रयोग गरेर सत्ता ढलाएका थिय। उनले बुर्जुवाहरु कम्युनिस्टहरुलाई विकृत बनाउने योजनामा राजा–महराजा जस्ता बनेको आरोपित गरे। उनले कम्युनिस्ट नेता र तिनै तहका सत्ताधारी राजा–महराजा बनेपछि जनता राजा–महाराजाका विरुद्ध लडेको जनमत नै कम्युनिस्टका विरुद्ध लाग्नसक्ने बताए ।

उनले भने ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरु नै राजा–महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’, अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा अनुशासनहीन गतिविधि बढ्दै गएको र जसलाई जे मन लाग्ने त्यही बोल्न थालेकोमा भन्दै चिन्ता व्यक्त गरे ।

‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं’, उनले भने, ‘आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं ।’ उनले यो प्रवृत्ति पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनकै विरुद्धमा भएको बताए ।