अम्बिका माविमा पोशाक, झोला तथा जुत्ता वितरण

598
views

गोबिन्द तिमिल्सिना
हेमजा, ६, भाद्र । कल्याणकारी बाल मैत्री केन्द्र पोखरा २५ हेमजाको आयोजनामा हेमजामा अवस्थित अम्बिका माध्यमिक विद्यायलयमा एक कार्यक्रम आयोजना गरि विद्यार्थीलाई बिद्यालय पोशाक, झोला तथा जुत्ता वितरण गरेको छ ।

समृद्ध गण्डकी प्रदेशको पहिचान, बालबालिकालाई शिक्षामा सुनिश्चितता हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित सस्थाले विद्यायलयका २० गरिब विद्यार्र्थीलाई सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरसहकारी सस्था महासंघ नेपाल कास्कीका अध्यक्ष पदमराज भण्डारीले सरकारले कोहि बालबालिका पढाईबाट बञ्चित नहुन भन्ने आव्हानलाई यस संस्थाले पुरा गर्न सहयोग गरेको बताउदै यो अभियान पुरा हुने आफुले बिश्वास लिएको उल्लेख गरे ।

पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले संस्थालाई सफलताको शुभकामना दिदै संस्था जन्माउनुभन्दा पछिसम्म बचाउनुपर्ने उल्लेख गरे । उनले भने समाजमा दूईवर्गका मानिस भएको र यसलाई नियन्त्रण गर्न र समाज परिवर्तन गर्न हामीबाट नै सुरु गर्नुपर्छ ।

कार्यक्रममा शिक्षक नेत्रपाणी भण्डारी, सल्लाहाकार शोभाकर भण्डारी, बिद्यायलयका सूचना अधिकारी मित्रलाल पौडेल लगायतले बोलेका थिए । उक्त अवसरमा संस्थाका आजिवन सदस्यलाई सम्मान गरिएको थियो ।

विद्यायलयका प्राचार्य ओमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष टुकनाथ आचार्यले स्वगत र सञ्चालन सचिव राजेन्द्र प्रसाद अधिकारीले गरेका थिए ।