घाचोक बचत तथा ऋण सहकारीमा प्रशिक्षण

632
views

गोबिन्द तिमिल्सिना
हेमजा, ८, भाद्र । माच्छापुच्छे« गाउँपालिका वडा न. ३ घाचोकमा अबस्थीत घाचोक बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा एक दिने प्रशिक्षण सम्पन्न भएको छ । सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति तथा सल्लाकारमा रहेका १६ सदस्यलाइ प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा हेमजा सञ्चार सहकारी सस्थाका अध्यक्ष मिनराज तिमिल्सिनाले सहजिकरण गरेका थिए । अहिले जारी भएको सहकारी ऐन २०७४ को बिषयमा संस्थाले गर्नुपर्ने कार्यहरूमा सहजिकरण गरिएको थियो ।

साथै ऋण उप समितिलाइ ऋण लगानि सम्बन्धमा ध्यान दिनु पर्ने विषयमा जानकारी गराइएको हेमजा सञ्चार सहकारीका अध्यक्ष तिमिल्सनाले जानकारी दिए ।

घाचोक बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृतिरमण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमा स्वगत उपाध्यक्ष टेकन शोभा गुरुङले र सञ्चालन सल्लाकार बिश्व मोहन पोखरेलले गरेका थिए ।