कला र संस्कृतिको संरक्षण गर्न भजन प्रतियोगिता

888
views

निर्मल पोडेल
पर्वत । 
कला संस्कृति र भेषभुषा हाम्रो सान, सुन्दर फलेवास नगरको पहिचान भन्ने मुल नाराका साथ पर्वतको फलेवासमा भजन प्रतियोगिता सम्पन्न भएको छ ।

फलेवास भजन समुहको आयोजना र फलेवास नगरपालिकाको आर्थिक सहयोगमा देबिस्थान स्थित शिव मन्दिरमा प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।

जसमा कालिगण्डकी भजन समुह मुडिकुवाँ प्रथम, कुर्घा भजन मण्डली समुह कुर्घा द्धितिय, शिव शक्ति भजन समुह खानीगाउँ तृतिय र भँगरा भजन मण्डलि समुह भँगरा सान्त्वना भएका छन् । प्रथम द्धितीय तृतिय र सान्वना हुने लाई पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको छ । फलेवासको मौलिक कला र सस्कृतीको संरक्षण गर्ने भन्दै सोहि अवसरमा ११ वटै वडामा फलेवास नगरपालिकाद्धारा बाध्यवादनका सामाग्री समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका का मेयर पदमपाणी शर्माले मौलिक कला र संस्कृतीको प्रचारप्रसार र संरक्षणको माध्ययम वाट फलेवासको विकासमा इट्टा थप्न सकिने वताए ।

मौलिक संस्कार र संस्कृतिको संरक्षण मा फलेवास नगरपालिका प्रतिबद्ध रहेको भन्दै शर्माले मौलिक संस्कृती को प्रचार बाट फलेवासमा पर्यटक भित्र्याउन सकिने बताउनुभयो । नगरापलिका भित्रका सवै जातजाति का परम्परा, कला र सँस्कृतिलाई समान ढङगले संम्बोधन गरिने शर्माको भनाई थियो । सम्पुर्ण नगरबासीको त्याग संघर्ष र मेहनतबाट मात्र नगरको मुहार परिबर्तन हुन सक्ने बताउदै नगरको बिकासमा सवै नागरिकले सकरात्मक र रचनात्मक भुमिका खेल्नु पर्नेमा शर्माको जोड दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै फलेवास नगरापालिका ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसाल ले परम्परागत कला र सस्कृति जोगाउनु सवैको दायित्व भएको वताए ।

लोप हुन लागेको मौलिक भजन जोगाउन तथा प्रचारप्रसार गर्न प्रतियोगिताको आयोजना गरेको फलेवास नगर भजन समुहका अध्यक्ष रमेश प्रसाद शर्माले वताए । यस्ता कार्यक्रमले नयाँ कलाकार जन्माउने र संस्कृतिको समेत संरक्षण हुने शर्माको भनाई रहेको थियो ।

फलेवास नगर भजन समुहका अध्यक्ष रमेश प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समुहका सदस्य डन्डपाणि कडेल र संचालन उपेन्द्र गिरीले गरेका थिए ।