रवि लामिछानेसहित तीनै जनालाई तेस्रोपटक अदालत पेश गरिँदै

719
views

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आज तेस्रोपटक अदालत पेश गरिँदैछ । दोस्रोपटक थप गरिएको पाँच दिनको म्याद आज सकिएको छ ।

चितवन प्रहरीले आज उनीहरुलाई अदालत पेश गर्न लागेको हो । प्रहरीले आज अदालतमा पुन म्याद थप गर्ने या मुद्दा दर्ता गरेर अदालती प्रक्रिया शुरु गर्ने भन्ने खुलाएको छैन ।

लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई दुईपटक गरी दश दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ ।