हरितालिका तिज सदभाव मेला–२०७६ को आयोजना

618
views

सुर्खेत । हरितालिका तिज २०७६ को अवसर पारेर बागिना समूहद्वारा हरितालिका तिज सदभाव मेला–२०७६ को आयोजना गर्न लागेको हो । कार्यक्रम भोलि २०७६ भदौ १६ गते घन्टाघर खुल्ला मञ्चमा सुरु गरिने कार्यक्रमकी संयोजग सिता भण्डारीले बताईन् ।

कार्यक्रमको लागि विभिन्न संघ संस्थाबाट रकम संकलन गरिएको उक्त रकम उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो समूहलाई पुरस्कार वितरण गरिने संयोजक भण्डारीले बताइन् । उनले भनिन् वीरेन्द्रनगर नगरपालिकाको–१ १६ वडा साथै उपत्याका भित्रका विभिन्न संघसंस्था र सहकारी संस्थाहरुलाई पनि निमन्त्रणा गरेका छौ ।

वीरेन्द्रनगर नगरपालिका वडा न.२ र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले समेत आर्थिक रकम सहयोग गरेको छ । विषेश गरेर मानव बेच बिखन सम्बन्धि सूचनामुलक महिला दिदिबहिनीहरुको दुख, पिडा समेटिएको गीतलाई प्राथामिक्ता दिइने छ ।