वनको व्यवस्थापनमा संघीय सरकारको हस्तक्षेप–प्रतिपक्षि दल

546
views

काठमाडौं, १६, भदौ । नेपाली कांग्रेसले वन विधेयकको सैद्धान्तिक अवधारणामाथि आपत्ति जनाएको छ । सरकारले ल्याएको उक्त विधेयकमा आपत्ति जनाउँदै काँग्रेस सांसदहरुले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्न लागेको बताएको छ ।

मुलक संघीय संरचनामा गएपछि वन व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक व्यवस्था विपरित आएको विधेयक मान्य नहुने पनि कांग्रेसको अडान छ ।

वन तथा वातावरण मन्त्रालयले भने सुरक्षाकर्मीहरु संघीय सरकारको मातहतमा हुने भएकाले वन व्यवस्थापनका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारलाई हुने गरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिएको छ ।

विधेयकमा वन रक्षकको रुपमा आवश्यक्ताका आधारमा सबै सुरक्षा निकाय परिचालन गर्ने प्रस्ताव पनि छ ।