सुर्खेतमा उद्घोषण तथा पत्रकारीता तालिम सम्पन्न

635
views

जितेन्द्र थापा
सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा उद्घोषण बोल्ने कला तथा पत्रकारिता तालिम आज सम्पन्न भएको छ । भदौ १० गतेबाट सञ्चालन भएको एकहप्ते उद्घोषण वोल्ने कला तथा क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको हो ।

स्मार्ट कर्णाली मल्टिमिडियाको आयोजना तथा साझा सञ्चार नेपाल चावहिल काठमाडौंको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गदै तालिमका संयोजक तिलक रिजालले पहिलेका दिनहरुमा पनि यसरि नै प्रशिक्षार्थीको सहभागिता रहनुका साथै अहिलेसम्म थुप्प्रै राम्रा कामहरु गरेको र यो टिमले पनि निकै राम्रा कामहरु गर्नेमा आफु विश्वस्त रहेको बताए ।

तालिममा प्रर्शिक्षक साझा सञ्चार नेपाल चावहिल काठमाडौंका मदनराज खड्का र जागरण एफ एमका स्टेसन म्यानेजर दिपेन्द्र वली रहेका थिए ।