वीरगन्जमा गोली चल्यो, एकजना प्रहरी नियन्त्रणमा

491
views

वीरगन्ज । वीरगञ्जमा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–१६ इनरुवा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । दासको दाहिने घुँडामा गोली लागेको छ । दासको साथबाट एकथान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका थिए ।