सेमि फाईनलमा सेरेना विलियम्स

497
views

काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकाको न्युयोर्कमा आज भएको क्वाटरफाइनल खेलमा चिनियाँ खेलाडी वाङ क्विङलाई हराउँदै सेरेना सेमिफाइनलमा पुगेकी हुन् ।

चिनियाँ प्रतिद्वन्द्वीलाई हराउन ४४ मिनेट मात्रै कोर्टमा खर्चिएकी सेरेनाले ६–१ र ६–० को स्कोर बनाएकी थिईन् । ३७ वर्षीया सेरेनाले अब सेमिफाईनलमा पाँचौ वरियताकी युक्रेनी खेलाडी एलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

बेलायती खेलाडी योहाना कोन्टालाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै भिटोलिनाले सेरेनाविरुद्धको सेमिफाइनल भिडन्त तय गरेकी हुन् ।