अमेरिका सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

628
views

बोस्टन, १९, भदौ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल भएको स्थानीय जोप्लिन प्रहरीले सार्वजनिक गरेको छ ।

उनका बुबा–आमा अमेरिका घुम्न नेपालबाट आएका हुन् । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका बेला बत्ति बलेपछि गाडी रोको र पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेर दुर्घटना भएको थियो ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन् । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।