सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानमा रेडक्रस सोसाईटी

752
views

महेन्द्र जिसी
पर्वत, २१, भदौ । बालबालिकालाई सैद्धान्तिक ज्ञानका बारेमा अध्यापन गराउँदै आएपनि व्यवहारीक ज्ञानमा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय पर्वतले सिकाएको छ । मोदी गाउँपालिकाका देउपुर, देउराली र वाजुङ तीन वडा सामुदायिक शिक्षकहरुले व्यवहारिक ज्ञानको पाटोमा रेडक्रसको महन्वपूर्ण योगदान रहेको स्विकारेका छन ।

दुईवर्ष अघि लागू भएको अन्तराष्ट्रिय युवा परियोजना मार्फत समुदायमा सरसफाईका अभ्यासले व्यवहारीक ज्ञान आर्जन भएको शिक्षकहरुको भनाई छ । जापान सरकारको सहयोगमा विद्यालयद्धारा समुदायमा सरसफाई सचेतनाको अभ्यासले आनीवानी सहितको सरसफाईको अभ्यास भएको शिक्षकहरुको भनाई छ ।

परियोजनाले महिनावारी दिवस, हात धुने दिवस, चर्पी दिवस, घर आँगन सरसफाई अभ्यास जस्ता सचेतनात्मक अभ्यास बालबालिका मार्फत समुदायलाई नै सचेत गराउँदै आएको स्थानीय शिक्षकहरुले बताएका हुन । २४ सामुदायीक विद्यालयमा पुगेर रेडक्रसले सरसफाईको सूचक सहित अभ्यास गराउन लागेपछि सरसफाईको क्षेत्रमा समुदायमा परिवर्तन आएको जन प्रतिनिधिहरुले थपेका छन् ।

शिक्षकहरुले आँफुले गरेका अभ्यास सहितको प्रतिवेदन प्रस्तुत गर्दै शिक्षाले मात्रै नभई व्यवहारीक शिक्षाले समुदायमा फरक अर्थ राख्ने बताए । उनिहरुले विद्यालयमा बालबालिकामैत्री शौचालय, धाराजस्ता स–साना पुर्वाधार निर्माण गरेर समुदाय र घरमा समेत बालबालिकाहरुले सरसफाईको निग्रानी बढाएको शिक्षकहरुको भनाई रहेको छ ।

शिक्षकहरुले विद्यालयमा बालबालिकामैत्री शौचालय, धारा कुहिने र नकुहिने फोहोर जम्मा गर्ने खाडल हरियालीयूक्त विद्यालय जस्ता स–साना पुर्वाधार निर्माण गरेर समुदाय र घरमा समेत बालबालिकाहरुले सरसफाईको निग्रानी बढाएको जनाएका हुन ।

बालबालिका र विद्यालयले निर्माण गरेको कार्ययोजना टोल सुधार समीतीमा लागु गराएर सरसफाईको चरणमा अगाढी बढीरहेको गाउँ पालिकाले जनाएको छ । तीन वटा वाडामा मात्र लागु परियोजना नमुना परियोजनाको रुपमा पालिकाले सबै वडामा लागू गराउने तयारीमा रहेको गाउँपालिकाले जनाएको हो ।

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले सरसफाई भनेको जीवन भएका कारण सबै क्षेत्र सरसफाईमा लाग्न जवाफदेही हुनुपर्ने बताए ।

कार्यक्रममा २४ विद्यालयका प्रअ, शिक्षक नायक र व्यवस्थापन समितिका पदाधिकारीहरुले परियोजनाको गतिविधिको बारेका बोलेका थिए ।

परियोजना सञ्चालित वडाका वडा अध्यक्ष दल बहादुर मल्लले नेपाल रेडक्रसद्वारा सञ्चालित परियोजनाको कार्यसुचि अनुसार नै वडाको कार्यसूची निर्माण गरेर टोल समिति मार्फत वडा सरसफाई युक्त घोषणाको चरणमा रहेको बताए ।

यस्तै देउपुरका वडा अध्यक्ष विकास तिमल्सिना र देउरालीका वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्री लगायतले परियोजना सफल भएको बताएका हुन ।

कार्यक्रममा सुदर्शन अधिकारीले जापानी जुनियर रेडक्रस सोसाईटीका पदाधिकारीहरुको सहयोगमा सञ्चालित परियोजनाले सफलता पाएको भन्दै परियोजनलाई नमुना मानेर समुदायमा सरसफाईको अभ्यास जारी राखेमा पुर्ण आनीबानी सहितको सरसफाई युक्त गाउँ घोषणा गर्न सकिने बताए ।

कार्यक्रमका सभापति एवं नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्र बहादुर रिमालले दैनिक जीवनमा नगरी नहुने कामको अभ्यासको पाठमात्रै परियोजनाले सिकाएको बताउँदै आँफु स्वस्थ्य र सरसफाई युक्त परिवारबाटै शुरु हुनु आवश्यक रहेको बताए ।