सामुदायिक सेवा केन्द्र बगरको साधारणसभा सम्पन्न, पत्रकार सम्मानित

650
views

श्रीभद्र पौडेल
हेमजा, २२, भदौं । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको बोलीचाली मिठो तथा नम्र हुनुपर्ने औँल्याउँदै कानुनको कार्यान्वयनका लागि काम कारवाही गर्दा भने व्यवहार कडा गर्नुपर्ने बताए।प्रहरीले पनि आफुलाई सुधार्दै जानुपर्ने उनको ठहर थियो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले समस्याको प्राथमिकीकरण गरी सामुदायिक केन्द्रहरुले कार्य गर्नुपर्ने बताए। वातावरणवाद र विकासवाद मिले मात्रै देश समृद्घ बन्न सक्ने औँल्याएका उपरिक्षक कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा पनि प्रकाश पारेका थिए ।

पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले कास्कीमा लागुपदार्थ दुर्बेशनी तथा आत्महत्याका घटनाहरु बढीरहेको तर्फ संकेत गर्दै त्यस्ता घटनाप्रति प्रहरी सचेत रहनुपर्ने आवश्यकता औँल्याए।

यसैबीच साधारणसभाको अवसरमा पत्रकार श्रीभद्र पौडेल सम्मानित भएका छन् । त्यस्तै केन्द्रले निवर्तमान अध्यक्ष जीवन अधिकारी, गत वर्ष एसइईमा उत्कृष्ठ जिपीए ल्याउने सदस्यका छोराछोरी मध्येबाट छात्रातर्फ प्राप्ति राज्यलक्ष्मी राणा र छात्रतर्फ संगम आचार्यलाई पनि सम्मान गरेको छ।

केन्द्रका अध्यक्ष मनपती भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामभूषण पराजुलीले स्वागत तथा केन्द्रका सचिव कल्पना आचार्यले कार्यक्रम संचालन गरेकी थिइन्।