लुटेरा समुहको गोली लागि कुर्मीको मृत्यु

748
views

बुटवल, २९, भदौ । लुटेरा समुहले चलाएको गोली लागि रुपेन्देही जिल्लाको ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मीको घटना स्थलमैै मृत्यु भएको छ । बैंकबाट रकम झिकेर घर फकर्दै गरेका कुर्मीको लुटेरा समुहको गोलीबाट मृत्यु भएको हो ।

कुर्मीले भैरहवास्थित एक बैंकबाट रकम झिकेर घरतर्फ फर्कँदै गर्दा रोहीणी गाउँपालिका–३ मा लुटेरा समुहले गोली हानेको रुपन्देही प्रहरीले जनाएको छ । मोटरसाइकलमा दुईजना आएको र गोली हानेको बताइएको छ । कुर्मीको साथमा रहेको रकमसमेत लुटेर लगेको बताइएको छ ।

सो समुहको खोजीकार्य भईरहेको छ । अन्दाजी ४० बर्षका मृत्तक कुर्मीको बायाँ कुममा गोली लगोको छ ।