काँडे बजारमा एक घर एक धारा

460
views

श्रीभद्र पौडेल
अन्नपूर्ण, ५, असोज । अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर, एक धारा निर्माण गरिएको छ । कुल ४७ घरधुरी रहेको काँडे बजारमा धारा निर्माण गरेपछि पानीको समस्या निराकरण हुने अपेक्षा गरिएको छ । सो धारा निर्माण कार्यक्रमको गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरेका छन ।

खानेपानीको दिगो व्यवस्थापन र अर्थोपार्जनसँग जोड्न वडाका करीब तीनसय घरधुरीमा धारा निर्माण गर्न बाँकी रहेको र तत्काल पुरा गरिने वडाध्यक्ष गुरुङले बताए । उनले काँडेमा पार्क निर्माणको पनि तयारी भइरहेको छ ।

गाउँपालिकाको अनुदान सहयोग, स्थानीय काँडे बराह आमा समूह र प्रत्येक घरघुरीबाट रु. ७ हजारका दरले अर्थ संकलन गरी यो योजनालाई पूर्णता दिन सरकोकारवाला सबै सक्रिय रहेका छन ।