जनकपुरमा गोली ठोकेर ४ जना डाँका पक्राउ

537
views

धनुषा, ९, असोज । धनुषाको जनकपुर उपमहानगरपालिकाको मूलगेटमा रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर फनिर्सङको सटर फुटाएर भित्र पसेको डाँकालाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको गौरका विनोद सिंह, रौतहटकै वृन्दावनका गगनदेव पटेल, भारत बिहारका ओजिर अन्सारी र इलियास राइन छन् । चारमध्ये रौतहटका सिंहलाई प्रहरीले हानेको गोली लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।