पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

625
views

काठमाडौं, ९, आश्विन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिएका छन् ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गरे ।

खनालले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो हुने भन्दै उनीहरुको सुरक्षा र समस्यामा सहयोगी बन्न निर्देशन दिए ।