पर्यटन विकासमा नेपाल युवा परिषदको ध्यान

1132
views

पर्वत । पर्यटन विकासमा योगदान पुर्याउन नेपाल युवा परिषदले सरसफाईमा ध्यान दिएको छ । हालैमात्र कुश्मा कैया अग्लो झोलुङ्गे पुलमा सरसफाई अभियान सम्पन्न गरेको युवा परिषदले नेपाली पर्यटनको विकासमा कसरी योगदान पुर्याउने भन्ने विषयमा छलफल चलाएको छ ।

पर्वत मिलन क्लबको सहकार्य तथा कुश्मा नगरपालिका, डिभिजन वन कार्यालय पर्वत, सेक्रेड नेपाल, वडागाउँ वन उपभोक्ता समितिको सहयोगमा सरसफाई सम्पन्न गरेको युवा परिषदले नेपालमा कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गरेको नेपाल युवा परिषदका पर्वत प्रतिनीधि मिलन पौडेलले जानकारी दिए

पौडेलले भने ‘नेपाल पर्यटन क्षेत्रमा प्रयाप्त सम्भावनाले भरिपूर्ण देश हो, तर नेपालको परिवेश अनुसार पर्यटक भित्रयाउन र पर्यटन क्षेत्रबाट भरपर्दो आर्थिक आर्जन गर्न नसक्नु चिन्ताको विषय बनेको छ ।’

नेपालमा जति नै पर्यटन क्षेत्रमा काम गरेपनि खासै उपलब्धी हासिल गर्न नसकिरहेका बेला नेपाल युवा परिषदले राष्ट्रिय कार्यक्रम अन्र्तगत विश्व पर्यटन दिसका अवसरमा पर्वतमा सरसफाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा कुश्मा नगरपालिकाकी उप–प्रमुख सीता काफ्ले, कुनपा–५ की अध्यक्ष चित्रकला भारती, जिल्ला वन कार्यालय पर्वतका रेन्जर ईश्वर पुरी, वडागाउँ वन उपभोक्ता समितिकी अध्यक्ष मान कुमारी गिरी, पर्वत मिलन क्लबका अध्यक्ष लक्षमण शर्मा, नपाल युवा परिषदकै पर्वत प्रतिनीधि सूचना शर्मा लगायतको सहभागी थियो ।

सरसफाईमा सहभागीहरुले पर्यटन विकासमा चासो व्यक्त गर्दै पर्यटन दिवस मनाउनुका साथै नयाँ नयाँ आयामको खोजी गरी नेपालमा धेरैभन्दा धेरै पर्यटकहरु भित्र्उयाउने कुरामा जोड दिएका थिए ।