मनास्लु हिमाल आरोहणको क्रममा विदेशी नागरिकको मृत्यु

1073
views

गोरखा, १२, असोज । मनास्लु हिमाल आरोहणको क्रममा आरोही पोल्यान्डकी रीता डोनेटा ब्लाड्यको शनिबार मृत्यु भएको छ । ६०८६७०४ नम्बरको राहदानी बाहक महिला आरोही रीता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५० वर्षकी उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन् । उनको शव अहिलेसम्म तेस्रो शिविरमै रहेको सेभेन समिटका मिङ्मार शेर्पाले जानकारी दिए ।

शेर्पाहरूले तल शिविर ल्याउँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘खराब मौसमका कारण उद्धार गर्न सकिएको छैन । उनको टिममा १४ जना आरोही थिए ।

किलर माउन्टेन नामले चिनिने ८,१६३ मिटर अग्लो मनास्लु हिमाल यस बर्ष अहिलेसम्मकै धेरै २५ टिमका आरोहीले आरोहण गर्दैछन् ।