महरा प्रकरण : रोशनीका श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद गर्ने निर्णय

3241
views

पर्वत, १६, असोज । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान–श्रीमतिले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् ।

रोशनीका श्रीमान चित्रजंग शाहीले आफ्नो फेसबुक मार्फत सम्बन्ध विच्छेद गर्ने निर्णय भएको सार्वजनिक गरेका छन् (चित्रजंगले आफ्नो फेसबुकमा दुवैको नाम सार्वजनिक गरेकोले नाम उल्लेख गरिएको हो)

उनका श्रीमान चित्रजंग शाही र रोशनी शाही दुबैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको भनी हस्ताक्षर गरेको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसै विषयले उनीहरुकाबीच सम्बन्ध विच्छेद सम्म पुगेको छ ।