अकला मन्दिरमा सरसफाई

630
views

शिशिर पौडेल
पोखरा, १६, असोज । पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको पर्यटकिय धार्मिक स्थल अकला मन्दिर परिसरमा सरसफाई गरिएको छ । बडादसैँको अवसर पारेर क्षेत्री समाज नेपाल वडा समिति पोखरा १९ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मन्दिर आसपासमा रहेका फोहरजन्य वस्तु संकलन गरी नष्ट गरेको समाजका भुतपुर्व सैनिक तथा प्रहरी केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष हरि वरुवालले जानकारी दिनुभयो ।

त्यस अवसरमा आसपासका व्यवसायी तथा मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई पनि फोहरजन्य वस्तु निश्चित ठाउँमा फाल्न सहभागीले सुझाव दिएका थिए । कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष तिलकुमारी कार्कीले स्वस्थ वातावरण भए मात्र सम्पुर्ण जगत खुशी हुने बताउँदै, भगवानलाई खुशी वनाउन पनि वातावरण स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा समाजका सदस्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानिय वासिन्दाले सहभागिता जनाएका थिए ।