जीप र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

950
views

पोखरा, १८, असोज । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक २५ बर्षिय हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको हो ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नंको स्कुटर एकआपसमा ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।