इराकमा सरकार विरोधी प्रदर्शनमा ६० जनाको मृत्यु

443
views

इराक । इराकमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । मंगलबारदेखि जारी प्रदर्शनमा प्रहरी सहित प्रदर्शनकारीको मृत्यु भएको हो । सरकारले कफ्र्यु लगाएपछि आन्दोलन थप चर्किएको छ ।

पछिल्लो समय आन्दोलनकारीले सुरक्षाकर्मीलाई निशाना बनाएका छन् । सो क्रममा राजधानी बग्दादमा दुई प्रहरीको मृत्यु भएको छ । प्रहरीले रबरका गोली प्रहार गर्दा थुप्रै आन्दोलनकारी घाइते भएका छन ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताएका छन् । प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताको आब्हान गरेपनि आन्दोलन रोकिएको छैन । भ्रष्टाचार, बेरोजगारी र गरिबी बढेको भन्दै सरकार विरोधी प्रदर्शन भइरहेको हो ।