पप गायक एवं र्‍यापर भिटेन पक्राउ

1487
views

काठमाडौं । पप गायक एवं र्‍यापर समीर घिसिङ ‘भिटेन’ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ललितपुरवाट नियन्त्रणमा लिएको हो । समाजलाई अपाच्य हुने गीत गाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो’ गीतबाट चर्चामा आएका थिए । गीतमा प्रहरीलाई अश्लील गाली गरिएको छ । त्यस्तै प्रहरीचौकीमै रक्सी खाएर मस्ती गर्ने लगायतका शब्द प्रयोग गरिएका छन् ।

भिटेनले हामी यस्तै त हो नी ब्रो नामक गीत भने युट्युबबाट हटाइसकेका छन् । यसअघि प्रहरीले सोही आरोपमा गायक दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो । गीत युट्युववाट हटाउनुका साथै माफी मागेपछि प्रहरीले छाडेको थियो ।