प्रदेश प्रमुखको नाम सिफारिसमा माधव नेपालको असहमति

988
views

काठमाडौं, १८, कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए ।

उनका अनुसार अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथयादव, विष्णु प्रसाईं, गोविन्द कलौनी र शर्मिला त्रिपाठी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेकी थिइन ।

सचिवालय बैठकले चयन गरेका नामहरु मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेर राष्ट्रपति समक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ ।

सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति राखेका छन् । नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । तर नेपालले भनेका कुनै व्यक्ति पनि परेनन् ।