जंकफुड विस्थापित गर्दै फलेवासको सातु (भिडियो)

1884
views

गोपाल जिसी
पर्वत, २१, कार्तिक । ग्रामिण भेगमा रहेर उद्योग शुरु गरेका थानेश्वर भुसालको उद्योगमा उत्पादित पोषिलो खाजा नामको सातु अहिले अमेरिका र युरोपमा माग बढेको छ । फलेवास नगरपालिका–४ मुडिकुवामा उत्पादित मकै, भट्ट, फापर, चना र अर्गानिक खिसमिसबाट बनाइएको सातु अमेरिका र युरोपमा पुगेपछि गैर आवासिय नेपालीबाट यसको माग बढेको भुसालको भनाई छ ।

अमेरिका र युरोपमा माग

जंकफुड विस्थापित गर्दै फलेवासको सातु

Navadristi News ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ನವೆಂಬರ್ 6, 2019

मकैलगायतका अन्न पिसेर बनाइएको सातु परिक्षण समयमा नै विकसित मुलुक पुग्न थालेपछि यसको माग बढेको उद्यमी थानेश्वर भुसालको भनाई छ । मकैजोन परियोजनामा संकलित मकैसँग सम्वद्ध रहेर गाउँका किसानले उत्पादन गरेको मकै, भट्ट, फापर, चना, अलैंची, ल्वाङ, सुकमेल लगायतको मिश्रणबाट बनेको पोसिलो खाजा उत्पादन गर्न लागेका हुन् ।

भुसालले विगत १८ वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सत्तचालन गरेका हुन् । नयाँ नयाँ धारणा ल्याएर उद्योगलाई स्थापित गरेका उनले उद्योगमा उत्पादित सातु विदेशमा मात्र नभई स्वदेशमै महत्व बढ्ने आशा राखेका छन ।

स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैंची, मरीचलगायतलाई मेसिनमा भुटेर बनाएको सातु बजारमा बिक्री हुन थालेको छ भुसालले भने ‘अर्गानिक खाजा हो सुगर, प्रेसरका बिरामी लगायत कुपोषण लागेका बालबालिकाका लागि पोसिलो खाजा (सातु) आवश्यक छ ।’

यसअघि भुसालले लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए । लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकार समेत माग हुन थालेपछि यस्तो जुक्ति निकालेको उनी बताउँछन् ।

गत वर्ष प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोगमा उद्योगको क्षमता विस्तार गरी घरेलु अनाजको सातु बनाउन सुरु गरेको उनले बताए । ‘गाउँघरमा उत्पादन हुने अन्न खेर फालेर जंकफुडको प्रयोग बढेको छ,’ उद्यमी भुसालले भने, ‘त्यसको विकल्पमा यसलाई प्रयोगमा ल्याउने गरी उद्योग विस्तार गरेको हुँ ।’

भुसालको उद्योगमा उत्पादित सातु प्रतिकिलो तीनसय ४० रुपैयाँमा बिक्री भईरहेको छ । मकैको सातुमात्र नभई अन्य परिकार पनि बनाउने सोंचमा रहेको उनको भनाई छ । गर्मीयाममा भन्दा जाडो समयमा सातुको बिक्री बढी हुने पनि उनले जानकारी दिए ।