खुर्कोटमा शहरी स्वाथ्य केन्द्र भवनको उद्घाटन

513
views

महेन्द्र जिसी
पर्वत, १०, मंसिर । पर्वतको खुर्कोटमा शहरी स्वाथ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट बगैचामा २९ लाख लागतमा निर्माण गरिएको भवनको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि स्थानिय छात्रवहादुर क्षेत्री, तेजेन्द्र क्षेत्री र टेकवहादुर क्षेत्रीले निःशुल्क ५ आना जग्गा उपलव्ध गराएका हुन । स्वर्गिय माता भद्रकुमारी क्षेत्री र स्वर्गिय खड्गवहादुर क्षेत्रीको स्मृतिमा उनीहरुले जग्गा उपलव्ध गराएका थिए ।

सो भवन निर्माणका लागि कुश्मा नगरपालिका र वडा कार्यालय खुर्कोटको आर्थिक तथा प्राविधिक सहयोग छ । सो अवसरमा भवन निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएको भन्दै स्वर्गिय खड्गवहादुर क्षेत्रीको शालिक अनावरण समेत गरिएको छ ।

भवनको उद्घाटन गर्दै मेयर रामचन्द्र जोशीले शहरी स्वास्थ्य केन्द्र स्थापनाले साधारण उपचारका लागि सदरमुकाम धाउनुपर्ने समस्या अन्त्य भएको बताए ।

कार्यक्रमा कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री, शहरी स्वास्थ्य केन्द्रका सचिव कृष्णवहादुर विक, हिमालय मा.विका पूर्व प्राचार्य एवम् समाजसेवी द्रोणराज उपाध्याय, ज्योतिष पण्डित यदुनाथ बास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शहरी स्वास्थ केन्द्रवाट खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, झाडापखला, निमोनीया, स्वास्थ्य शिक्षा, गाउँ घर क्लिनिक लगायतका सामान्य उपचार गराईने केन्द्रकी प्रमुख शर्मिला अर्यालले जानकारी दिएकी थिईन ।

वडा अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाराण सुवेदी र कार्यक्रमको संचालन कुश्मा नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक यामप्रसाद शर्माले गरेका थिए ।