पुटिनलाई नेपाल भ्रमणको निम्तो

574
views

काठमाडौं, १०, मंसिर । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

ज्ञवालीले सोमबार रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणपत्र हस्तान्तरण गरेका हुन् । भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको उल्लेख गरिएको छ ।

दुई देशका परराष्ट्रमन्त्रीस्तरको द्विपक्षीय वार्तामा नेपाल रुस सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा राम्रो छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।