सडक ल्याउँदा नेतालाई फुलमाला, सडक पीडितलाई देऊ न त मुआब्जा !

1429
views

पर्वत, २०, मंसिर । राज्यले विकासको आधार सडक सञ्जाललाई प्राथमिकता दिएपछि पछिल्लो समयमा नेताका गला मालाले भरिने गरेका छन । कतिपय ठाउँमा यस्ता सडक पनि छन जस्ले सर्वसाधारण जनाताको उठिबास लागेको छ । उनीहरुलाई मुआब्जाको व्यवस्था छैन । भएको केही रोपनी जग्गामा सडक परेपछि कतिपय सर्वसाधारणलाई लाई गरीबीले छोएको छ उनीहरुलाई मुआब्जा के हो ? थाहा छैन ।

नेताले सडक ल्याउँदा जसरी सर्वसाधारणको माया, ममता र हर्षले गलाभरी माला पहिर्याईदिन्छन् त्यसरी नै सडक सञ्जालले खेतीयोग्य जमिन नासेर वा सडक छेउमा परेको एउटै घर भएको व्यक्तिलाई मुआब्क्जा दिने हो भने उनीहरुको माया ममता पनि मिल्ने थियो ।

पर्वत धाईरिङका याम कर्की भन्छन् ‘पानी, बिजुली, सडक आउनु विकासको आधार हो , तर सडक खन्दा सडक छेउमा सम्पत्तिको नाममा एउटा मात्र घर भएको परिवारको घर जाँदा मुआब्जा दिलाइदिने हो भने विकास निर्माणको अर्थ हुन्छ ।’ उनी भन्छन् राज्यले सडक खन्दा हौसिन्छ, उठीवास लागेको परिवारलाई राहत दिदैंन ।’’

यता अधिवक्ता एवं स्थानीय यज्ञ वहादुर थापाले भने ‘मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनीसम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले उ्रक्त सडकलाई स्तरउन्नती गरी कालोपत्रे गर्ने जुन योजना अघि सारेको छ यसमा घरघडेरी सकिएर उठीवास लाग्ने परिवारलाई मुआब्जा दिलाउने भने जनता राज्यको उपस्थिति ठान्ने थिए ।’

थापाले अहिले मिलनचोकदेखि कालाञ्जार पहाडको मृगसरोवरसम्म पुग्ने सडकखण्डले धार्मिक, पर्यटन र सडक प्रभावित क्षेत्रको विकाससँगसँगै बनजन्य जडीबुटी प्रशोधन समेतलाई टेवा पुग्ने गरी नेत्रनाथ अधिकारी पहलमा आएको उक्त सडक निर्माण त्यस क्षेत्रका वासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने सडक भएको बताए ।

‘मृगस्थल वरपरका सम्पूर्ण क्षेत्रलाई पवित्र तिर्थ स्थल कालाञ्जार पर्वत त्यही नै हो भनि चिनाउने र सो का लागि महायज्ञसमेत गराउने स्थानीयवासी यज्ञ वहादुर थापाले भने ‘त्यस क्षेत्रमा सडक कालोपत्रे हुनु स्वागतयोग्य रहेको बताए ।

मिलनचोक देखी मृगसरोवरसम्म कालोपत्रे पहल गरी शिलन्यासमा आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सना, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, जिल्ला समन्वय समिति पर्वतका सभापति मनोहर वि पौडेल, सडक उपभोक्ता समितिका अध्यक्ष दिपक आचार्य लगायतका नेताहरुलाई मखमली फुलको माला र वाजागाजाले भव्य स्वागत गरेका थिए ।