जडिबुटी संकलन गर्न जाँदा बेपत्ता भनिएका सबै सकुशल फर्किए

569
views

जुम्ला । जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै सकुशल घर फर्किएका छन् । उनीहरु आइताबार राति दस बजेतिर गाउँ फर्किएका हुन । बिहिवार जडिबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए ।

बेपत्ता भएकाहरुसंग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकार समक्ष माग गरिएको थियो । उनीहरुको खोजीका लागि सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो ।

मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन् । बिहान बेपत्ता मध्येको एक जना छविराज बोहोराले फोन गरेर आफुहरु सकुशल भएको जानकारी दिएका थिए । उनीहरु हिमपातमा परेर मरेका बीनबहादुर बोहोरालाइ संगै ल्याएर गाउँ फकिएका हुन् ।