प्रधानसेनापतिले भेटे भारतीय सेनाका मेजर जनरललाई

543
views

काठमाडौं, १, पुष । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङबीच भेटवार्ता भएको छ । जंगी अड्डामा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सञ्चालित नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास इण्डो नेपाल बटालियन लेभल ज्वाइन्ट ट्रेनिंग एक्स सूर्या किरण चौथो एसएफे प्रेक्षक एस एफका मेजर जनरल गुरुङ पूर्व सुर्या किरण एक्स आईभी समारोहमा सहभागी भएका थिए ।

रुपन्देहीमा सञ्चालित दुवै देशका सेनाको संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो ।