राज्यले टेक्निकल शिक्षा नीति लिनुपर्छ : नगरप्रमुख शर्मा

925
views

निर्मल पौडेल
पर्वत, २, पुष । श्री ग्रामोदय माध्यमिक विधालय फलेवास नगरपालिका ९ भँगराको ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । गत मंसिर २५ गतेवाट शुरु भएको वार्षिकोत्सव कार्यक्रम विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मंगलवार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शैक्षिक गुणस्तर उनन्नयका लागि शिक्षक, विधार्थी र अभिभावकको विचमा त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने वताए ।

शर्माले अवको युग टेक्नोलोजीको युग भएको भन्दै राज्यले टेक्निकल शिक्षा नीति लिनुपर्नेमा जोड दिए । फलेवास नगरभित्रका विधालयहरुमा अंग्रजी माध्ययमवाट अध्ययन अध्यापन गराउने वातावारण सिर्जना गर्न आँफु सदैव तयार रहेको शर्माले वताए । यस्तै उनले विधालयलाई नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथी तथा फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले विधालयमा सैदान्तिक भन्दा पनि व्यवहारीक माध्ययम वाट अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिईन् । शिक्षानै आर्थिक ,सामाजिक, राजनैतिक लगायत सर्वाङिगण पक्षको विकास र समृद्धिको माध्ययम हुने भन्दै अधिकारीले शिक्षा लिनवाट कोहीपनी वञ्चित हुन नहुने कुरा औँलाईन् ।

कार्यक्रममा पुर्व प्रअ ऋषिप्रसाद गुरुङ, नरेन्द्र प्रसाद शर्मा, पुर्व अध्यक्ष रेखा गुरुङ, शिक्षाप्रेमी वेदप्रसाद लामिछाने लगायतले वोलेका थिए । कार्यक्रममा अन्तर विधालय स्तरिय हाँजिर जवाफ प्रतियोगिता,छात्रा र छात्र विचको भलिवल ,रिले दौड, चम्चा दौड, मिठाई टिपाई लगायत तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । प्रतियोगितामा प्रथम ,द्धितीय,तृतीय र सान्त्वना हुने लाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विधार्थीहरु लगायत विधालयले प्रदान गर्दै आएका विभिन्न विधाका पुरस्कार हरु समेत सोही अवसरमा प्रदान गरिएको थियो । यसैगरी हालसम्मका विधालय व्यवस्थापन समितीका अध्यक्षहरु र प्रध्यानध्यापहरु लाई फूलमाला र सम्मान पत्रले सम्मान गरिएको थियो । विधालयको आर्थिक प्रतिवेदन लेखापाल हिमलाल शर्मा र भौतिक तथा प्रगती प्रतिवेदन विधालयका प्रध्यानध्यापक कृष्ण प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । कार्यक्रममा विधालयका सम्पुर्ण शिक्षकहरु,विधालय व्यवस्थापन समितीका पदाधिकारीहरु, शिक्षाप्रेमी सामाजिक व्याक्तित्व तथा स्थानिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

विधालय व्यवस्थापन समितीका अध्यक्ष टिकाराम भुसालको अध्यक्षता,फलेवास नगरप्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यता,उपप्रमुख मञ्जु अधिकारीको विशिष्ट आथित्यता, शिक्षक युवराज सुवेदीको मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन विधालयका शिक्षक प्रदिप भुसालले गरेका थिए ।