वडा अध्यक्षले गरे अक्षय कोष स्थापना

1446
views

दिपेश विवकर्मा
पर्वत, २, पुष । महाशिला ४ पाखापानिका वार्ड अध्यक्ष पुरन मल्लले आफ्ना दिवंगत वुवाको सम्झनामा स्वधर्म मावि पाखापानीमा रु १८ हजारको अक्षयकोष स्थापना गरेका छन् ।विधालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मल्लले आफ्ना स्व. वुवा पृथु मल्लको सम्झनामा उक्त अक्षयकोषको स्थापना गरेका हुन् ।

विधालयले मनाईरहेको वार्षिकउत्सव कार्यक्रममा उक्त अक्षयकोष स्थापनाको घोषणा गर्दै महाशिला ४ का वार्ड अध्यक्ष समेत रहेका मल्लले विधालयमा अध्ययनरत गरिव ,दलित,तथा जेहन्दार विधार्थीहरु लाई उक्त रकमको व्याज वापत प्राप्त रकमले पुरक्कार प्रदान गर्ने हेतुले अक्षयकोष स्थापना गरेको वताए ।

आफ्ना वुवा संधै शिक्षाप्रेमी भएको भन्दै मल्लले स्व. वुवाको सम्झनामा विधालय जस्तो पवित्र मन्दिरमा कोष स्थापना गर्दा थोरै मात्रामा भएपनी वुवाको आत्माले शान्ति पाउने आशा व्यक्त गरे । यस्तै मल्लले स्थापनार्थ रकम थोरै भएपनी पछाडी वृद्धि गर्दै लैजाने र विधालयको अन्य शैक्षिक तथा भौतिक विकासमा आँफू र वार्ड कार्यलयको तर्फवाट सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता जाएर गरे ।

वार्षिकउत्सव कार्यक्रममा विधालयमा विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार तथा छात्रवृती वितरण समेत गरिएको छ ।कार्यक्रममा विधालयका शिक्षक, अभिभावक तथा शिक्षाप्रेमी समाजिक व्याक्तित्वहरुले आफ्नो भनाई राखेका थिए ।