ओलीका कारण पार्टी लथालिंग भयो : नेपाल पक्ष

596
views

काठमाडौं, २, पौष । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकमा माधवकुमार नेपाल पक्षधर अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक शैलीमा प्रस्तुत भएको छ । ओलीले मनोमानी तरिकाले पार्टी चलाएको भन्दै नेपाल पक्षधरले कडा आलोचना गरेको हो ।

बैठकमा स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले एक वर्षपछि स्थायी कमिटि बैठक प्रचण्डले डाकेको तर ओलीले किन नडाकेको भनी प्रश्न गरेका थिए । पार्टीलाई लथालिंग पारेर एकलौटी ढंगले चलाउन खोजेको उनको आरोप थियो ।

एकीकरणको एक वर्षसम्म स्थायी कमिटि बैठक नबस्दा नेता कार्यकर्तामा असन्तुष्टि बढेको विषय पनि बैठकमा उठेको थियो । पार्टी संरचना नै निष्कृय पारिएको र सानो झुण्डबाट पार्टी चलाउन खोजेको आरोप समेत लगाएका थिए ।