तेक्वान्दोमा फलेवास तेक्वान्दो डोजो र भलिबलमा खानिगाउँ युवा क्लव प्रथम

954
views

निर्मल पौडेल
पर्वत, २, पुष । जिल्ला स्तरीय तेक्वान्दो डोजो प्रतियोगितामा फलेवास तेक्वान्दो डोजो १५ गोल्ड मेडल सहित प्रथम भएको छ । युनाईटेड स्पोर्ट क्लव देविस्थानले आयोजना गरेको वृहत फलेवास मेलामा आयोजित प्रतियोगितमा जिल्लाका सहभागिता जनाएका ५ टिममा फलेवास डोजो प्रथम भएको हो ।

जसमा गेप्ताङ तेक्वान्दो डोजो वहाकी ५ गोल्ड मेडल सहित द्धितीय, फलेवास मोडेल आवासिय अंग्रेजी विधालय ३ गोल्ड मेडल सहित तृतीय र मोदी गाउँपालिका १ गोल्ड मेडल सहित सान्त्वना स्थान प्राप्त गरेका हुन् । जसमा प्रथम, द्धितीय,तृतिय र सान्त्वना हुनेले,मेडल कप र प्रमाणपत्र प्राप्त गरे ।

अनुशासित खेलाडीमा फलेवासका समीप थापाले पुरस्कार प्राप्त गरे भने उत्कृष्ट खेलाडी फलेवासकै अमित परियार घोषित भएको तेक्वान्दो फलेवास डोजोका प्रमुख तथा जिल्लाका सिनियर खेलाडी हिटलर थापाले जानकारी दिए ।

यसैगरी भलिवल प्रतियोगितामा खानिगाउँ युवा क्लव प्रथम, ताराखोला गल्कोट द्धितीय, युनाईटेड स्पोर्ट क्लव तृतिय र भुकदेउराली लप्सीवोट सान्त्वना भएका छन् । प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेले क्रमश नगद रु १ लाख ट्रफी मेडल र प्रमाणपत्र, ५० हजार मेडल र प्रमाणपत्र, ३५ हजार मेडल र प्रमाणपत्र यसैगरी १० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन् ।

रत्यौली प्रतियोगितामा सकृय आमा समुह देविस्थान ख प्रथम ,सिर्जनशिल आमा समुह खानिगाउँ द्धितीय, र कालिका आमा समुह तृतिय भएका छन् । प्रथम द्धितीय र तृतिय हुनेले क्रमश रु २० हजार,१५ हजार ,१० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी भजन प्रतियोगितामा फलेवास नगर भजन समुह प्रथम,अमलाचौर भजन समुह द्धितीय र घिमिरे आमा समुह तृतिय भएका छन् ।

जसले क्रमशःनगद रु २० हजार १५ हजार १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी फलेवास डान्स आईडल प्रतियोगितामा निकिता गुरुङ कुस्मा प्रथम,राम नेपाली द्धितिय वेलेवा द्धितीय र नुना नेपाली खानिगाउँ तृतिय भएका छन् । प्रथम द्धितिय र तृतिय हुनेले क्रमशः नगद रु १५ हजार,१० हजार ,५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै कार्यक्रममा हाजिरजवाफ प्रतियोगिता लगायत अन्य विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । वृहत फलेवास मेला युनाईटेड स्पोर्ट क्लव फलेवासको आयोजनामा मंसिर १९ गतेदेखी २९ गते सम्म सञ्चालन भएको हो । क्लवका अध्यक्ष अच्युतकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।कार्यक्रमको सञ्चालन चर्चित गायक तथा सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए ।