नवलपरासीको धारापानी चोकमा शंकास्पद बस्तु

621
views

रजहर (नवलपरासी) । पूर्वी नवलपरासीको दलदलेमाथि धारापानी चोकमा शंकास्पद वस्तु भेटिएको छ । स्थानीयले केही बेर अघि चोकमा रूखमा झुण्डाएर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अहिले घटना स्थल पुगेको नवलपुर प्रहरीले जनाएको छ । कपडा राख्ने झोलामा केही वस्तु राखेर रूखमा झुण्डाईएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।