मन्त्री बस्नेत सडक अनुगमनमा खौला–कार्किनेटा खण्ड कालोपत्रे यसैबर्ष सक्ने प्रतिबद्धता

616
views

निर्मल पौडेल
पर्वत, ३, पुष ।जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने सडक सिल्मी–ठुलिपोखरी–खौला–कार्किनेटा सडकको कालोपत्रे यसै बर्ष सकिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले सडक कालोपत्रे यसैबर्ष सकिने प्रतिबद्धता ब्यक्त गरेका हुन । सडकको अनुगमन गर्दै मन्त्रीले बस्नेतले सडकको स्तरोउन्नती भईसकेको खण्डमा कालोपत्रेको काम सक्ने गरी योजना बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।

उक्त सडक खण्डमा गत बर्ष देखिको योजनामा सडकको स्तरोउन्नती भई कालोपत्रेको काम मात्र थिए । मन्त्री बस्नेतले जिल्लाका सांसद र स्थानीय जनप्रतिनिधिहरुको माग अनुसार यस बर्ष ६ करोड रकममा कालोपत्रेका काम शुरु हुन लागेको बताए । उनले ६ करोडले सवै खण्डको काम नसकिने बताउँदै रकम थप गर्ने आश्वासन दिए । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले समेत बजेटमा साझेदारी गर्नुपर्ने बस्नेतको भनाई छ । ‘

सडक अनुगमनमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारी, कुनपा १२ का वडाअध्यक्ष राजेन्द्र पौडेल, वडा न १३ का वडाअध्यक्ष जंगबहादुर क्षेत्री, कुश्मा नगरपालिका वडा न १२ नेकपाका वडा अध्यक्ष गणेश पौडेल लगाएतको सहभागीता थियो ।

सडक कालोपत्रेका लागि यस बर्ष झण्डै १० करोड बराबरको टेण्डर आब्हान भएको थियो । उक्त टेण्डर फेवा कन्ट्रकसनले झण्डै ६ करोडमा जिम्मा पाएको छ । उक्त रकमले सडकको केहि खण्ड मात्र कालोपत्रे हुनेछ । बाँकी सडक मध्ये खौला देखि कार्किनेटामा सडक कालोपत्रेका लागि थप रकमको आवश्यकता पर्दछ । उक्त खण्डमा सडक कालोपत्रेको लागि तयार पारिएको छ । बजेटको अभावमा भने उक्त खण्ड कालोपत्रेको लागि अलपत्र पर्ने अवस्थामा पुगेको छ । थप रकम ब्यवस्थापन गरी सडकको माथिल्लो सवै खण्ड कालोपत्रे गर्ने गरी पहल गरिने फलेवास प्रमुख पदमपाणी शर्मा बताउँछन । उनले सडक कालोपत्रेका लागि फलेवास नगरपालिका रकम साझेदारी गर्न तयार रहेको समेत बताए ।