बढ्यो सुनचाँदीको मूल्य

423
views

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ७१ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७१ हजार ६ सय निर्धारण गरिएको छ ।

चाँदीको भाऊ पनि आज बढेको छ। आइतबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज १० रुपियाँले बढेर ८ सय ६० रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।