क्रिसमसमा प्रर्दशन गरेपछि हङकङ प्रहरीद्धारा आन्दोलनकारीमाथि कडाइ

432
views

एजेन्सी । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् ।

क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार गरेपछि प्रहरीको दमन बढेको अन्तर्रा्ष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्याधिक दमकको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरुको प्रदर्शन हुन थालेको बताइएको छ । केही आन्दोलनकारीहरुले क्रिसकमको समयमा प्रदर्शन गर्न नहुने बताएका थिए ।

तर आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि त्यसको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीको दावी छ ।