सत्तारुढ दलबाटै सभामुख चयन : बाँस्कोटा

419
views

भीमदत्तनगर, १५, पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ नेकपाबाटै सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा पे्रस संगठनले आयोजना आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने बताएका हुन ।

उनले सभामुख पदका लागि सत्तापक्षिय उच्चस्तरका नेताबीच सहमति भइसकेको संकेत गर्दै व्यक्ति भने खुलाएनन् । सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो¥याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे ।

बास्कोटाले समृद्धि राष्ट्रिय एजेण्डा भएको बताउँदै सरकार नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेको बताए ।

उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए ।

त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसदमा दर्ता र विभिन्न समितिमा गरी ४५÷४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताए ।