रुवाउने र हँसाउने, एकै साथ नचाउने प्रकाश सपूतको धमाका

814
views

सीताराम थापा
बागलुङ, १५, पौष । महोत्सव जब गोधुली साझ पर्यो अनि मानिसको जमघट हुन्छ, युवा युवतीदेखि तरुणा तरुणी र बयस्क समम्पूर्ण टठ्ठिन्छन् । कोही नाचगानमा, कोही लोक भाकामा, कोही सेटलको होलटमा मनोरञ्जनको बाहानाहरु, रङण््ग मञ्चहरु, कलिला र जवानी अनि बुढ्यौलि बैंशहरु असरलेलै हुन्छन् ।

साँझ बिस्तारै ढल्किदै थियो, चारैतिर झिलिमिलि बत्तिले उज्यालो छरिरहेको थियो । नेपालको निसाना झण्डाहरु फहराई रहेको थियो । रङ्गि चङ्गि मानिसहरु रमाई रहेका थिए । चिसो चिसो मौसम भएर पनि झनै दर्शकले भरिभराउ हुन थाल्यो । त्रिभुवन विश्व विद्यालयको धौलागिरी बहुमुखी क्याम्पास प्राङ्गणमा कोकी जोडि, दौंतरी र साथिहरुको भिडभाडमा ।

बागलुङ महोत्सबको तेस्रो दिनमा त खासै साँझ दर्शकको उपस्थिति बाक्लो थिएन् । युवा युवती, बालक वृद्ध, वद्धा समेत स्टेजको नजिक नियाली बसेर नाचिरहेका थिए । दिनमा उही चर्चित कलाकार सर्जक प्रकाश आवाज खोजिरहेका थिए दर्शकहरु । चर्चित गायक प्रकाश सपुतको प्रस्तुति हेर्न दर्शकहरु आतुर थिए । जब प्रकाश सपुत स्टेजमा आए शुरु भयो ताली र हुटिङको गडगडाहट ।

जहाँ महोत्सब चलिरहेको छ त्यस स्टेजबाट प्रकाशले एकसय रूपियाँ लिएर महोत्सब हेर्ने आएको स्मरण सुनाए । दोहोरी प्रतियोगितामा भाग लिएर आफ्नो कोठामा अझै पनि प्रमाण पत्र रहेको थाहा दिए ।

८ बजेको थियो संगितकार गायक एरेन्जर योगेशकाजी विसीको बेजोड स्वादको प्रस्तुतिले केहिबेर लियो । यसपछि झण्डै १ घण्टा समय लिएका गायक सपुतले “यस्तै छ कहानीको“ गितबाट प्रस्तुति थाले ।

परदेशमा रहेका नेपाली युवाहरूलाई सम्झिदै सपुतले “चरर बरर, बोलमाया’’ लगायतका गित प्रस्तुत गर्दा कयौ दर्शकका आँखाबाट आसुँका ढिका रसाए । पुषको चिसो मौसममा भावुक अबस्थामा देखिएका सपुतले रेलिमई, झ्याउरे, झालैमा, लुरूरू लौका, पञ्चेबाजा, माकुर माकुर घुर, दोहोरी ब्याटल लगायतका चर्चित गित प्रस्तुत गरिरहे । उनले लगातार दर्शकको माया पाए ।

सपुतको आफ्नै गृह जिल्लामा युवा युवती र दर्शककले थामीनसक्नु साथ दिईरहे । युवा युवती देखि बयस्क कम्मर मर्काई नाचिरहे । बहु चर्चित गित गलबन्दी प्रस्तुत गर्दा युवा युवतिले जाडोको कुनै प्रवाह गरेनन भने सपुतलाई उनकी छोरी प्रबृष्टिले पनि साथ दिईन् ।

महोत्सबको तेस्रो दिन प्रकाश सपुतसंगै योगेश काजिले पनि युवा युवतिको मन जितेर छाडे १ घण्टा समय खर्चिएका योगेशले आफ्ना नयाँ र केहि पुराना गितहरू प्रस्तुत गरेका थिए ।

बागलुङ उद्योग बाणिज्य संघको आयोजनमा सञ्चालन भएको बागलुङ महोत्सव २० गतेसम्म सञ्चालन हुँनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।