शिक्षामा राजनीति नगर्न नगर प्रमुख जोशीको आग्रह

592
views

महेन्द्र जिसी
पर्वत, १५, पौष । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शिक्षामा राजनीति नगर्न आग्रह गरेका छन् । नगरपालिकाको वडा नं २ मा रहेको हिमालय माध्यमिक विद्यालयको ५४ औं बार्षिक उत्सव कार्यक्रमलाई संबोधन गर्दै जोशीले यस्तो बताएका हुन ।

सो अवसरमा बोल्दै जोशीले विद्यालयमा राजनीति, शिक्षामा राजनीति र विद्यार्थीमा राजनीति, सबैतिर राजनीति हुँदा सामुदायिक विद्यालयको शिक्षा कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्दै भने ‘हिमालय मावि सरकारको तर्फबाट नमुना विद्यालयको रुपमा सूचिकृत भएको छ, यसको गरिमालाई जोगाई राख्न आवश्यक देखेको छु ।’

कार्यक्रममा उनले वि.स २०२२ सालमा स्थापना विद्यालयले अंग्रेजी माध्यमको पढाई अवलम्बन गरेको भन्दै शिक्षा नै समृद्धिको प्रमुख आधार भएको भन्दै विद्यालयको प्रगमिा खुसी व्यक्त गरे । सो अवसरमा जोशीले विकास निमार्णका कार्यलाई उत्कृष्ट र गुणस्तरीय बनाउन सवैको साथको आवश्यकता रहेको औंलाउँदै विकास निर्माणमा कोही कसैले राजनीति नगर्न आग्रह समेत गरे ।

उक्त कार्यक्रममा उपप्रमुख सीता काफ्ले लामिछानेले सामुदायिक विद्यालयहरु प्रबिधिमैत्री हुनुपर्ने समय रहेको हुँदा प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताईन् । उनले दक्ष विद्यार्थी उत्पादन गरि स्वदेशमा आत्मानिर्भर बनाउन सवैले भूमिका खेल्नुपर्ने भन्दै विद्यालयले थप प्रगति गदैृ जानुपर्नेमा जोड दिईन् ।

बार्षिक उत्सवका अवसरमा हिमालय तारा समृति कोषबाट दुई र चक्रपाणी उपाध्याय र डम्बर कुमारी उपाध्याय स्मृति कोषबाट ५ जनालाई छात्रावृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद रेग्मीले दुई करोड ५० लाखको आर्थिक प्रतिवेदन र तीन करोड बराबरको अनुमानित आगामी वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरहेका थिए ।

हिमालय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।