इन्डोनेसियाको जाकार्तामा बाढीका कारण १६ को मृत्यु

637
views

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा वर्षापछिको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ । जाकार्तामा पछिल्लो २४ बर्ष यताकै ठुलो बर्षा भएपछि त्यसले ठूलो जनधनको क्षति गरेको हो । वर्षाका कारण विभिन्न ठाँउमा पहिरो पनि गएको छ ।

इन्डोनेसियाको मौसम विभागका अनुसार जाकार्तामा एकै दिनमा ३ सय ७७ मिलिलिटर वर्षा भएको छ । सन् १९९६ यता एक दिनमा भएको यो सबैभन्दा ठूलो वर्षा हो । एकै दिन १ सय ५० मिलिलिटर भन्दा बढी वर्षा भएमा त्यसलाई भीषण वर्षाका रुपमा लिने गरिन्छ ।

इन्डोनेसियामा यसअघि सन २०१३ मा बर्षापछिको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । सो समयमा बाढीका कारण ४७ जनाको मृत्यु भएको थियो ।