अध्यक्षकपको लोगो सार्वजनिक

1076
views

सीताराम थापा
बाग्लुङ । काठेखोला गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनका अवसरमा गाउँपालिको अध्यक्षकप भलिबलको लोगो सार्र्वजनिकरण गरिएको छ । गाउँपालिकाको अध्यक्ष अमर थापा मगरले लोगो देखाएर सार्वजनिक गरिएको जानकारी दिए ।

यो लोगो बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं.–४ घर भएका प्रेम श्रीस मगरले तयार गर्नु भएको हो । उनको काठमाण्डौमा रहेको थिम मेकर डिजाइन हाउसमा तयार गरिएको जनाईएको छ ।

आगामी माघ १५ देखी १८ सम्म हने प्रथम अध्यक्ष कप अन्र्तगत गाउँपालिकाका वडाहरु बीच पुरुष भलिबल खेलाडि पहिचान, लोक गायन, गजल, सोरठी, बत्तृत्वकला प्रतियोगिता गरिदैछ । काठेखोला ३ को धम्जा देउरालीमा गरिने प्रतियोगितामा आकर्षक पुरस्कार राशि रहेको सार्वजनिक भएको छ ।